birat ribon

पहाडी भू–भागमा वर्षा हुने

Neuro
पहाडी भू–भागमा वर्षा हुने

विराटनगर / आज बागमती, गण्डकीलगायतका प्रदेशका पहाडी भू–भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभरका पहाडी भू–भागमा बदली हुने महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

cura insider

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर पहाडी भू–भागमा बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ ।

भोलि देशभर बदली भई प्रदेश १, प्रदेश २ र बागमती प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा वर्षाको हुने सम्भावना छ ।

मङ्गलबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

jackson ribon