birat ribon

ला लिगा : भ्यालेन्सियासँग खेल्दै बार्सिलोना, जित्नै पर्ने दबावमा बार्सिलोना

Neuro
ला लिगा : भ्यालेन्सियासँग खेल्दै बार्सिलोना, जित्नै पर्ने दबावमा बार्सिलोना

विराटनगर / स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेका बेला आज बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधि दाबेदार टोली बार्सिलोनामाथि १४ औं स्थानको भ्यालेन्सियालाई जित्नै पर्ने दबाव छ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना पराजित भए उपाधि होडबाट लगभग बाहिरिने अवस्था रहन्छ ।

cura insider

उपाधि दौडमा रहेको एथ्लेटिको मड्रिड र रियल मड्रिड महत्वपूर्ण खेलमा विजयी भएका कारण तेस्रो स्थानको बार्सिलोनामाथि पनि उपाधि दाबेदारी कायम राख्न जित्नै पर्ने दबाव छ ।

लिगमा बार्सिलोनाल भ्यालेन्सियासहित पाँच खेल खेल्न बाकीँ छ । उपाधि दाबेदार क्लबले प्राप्त गरेको अङ्क अन्तर ठूलो छैन । ७१ अङ्कसहित तेस्रो स्थानमा रहेको बार्सिलोनाले आजको खेलमा जित निकाले दोस्रो स्थाानको रियल मड्रिडसँग अङ्क बराबरी गर्नेछ । रियल ७४ अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो स्थानको एथ्लेटिकोसँग ७६ अङ्क छ ।

शनिबार राति रियल मड्रिडले ओसासुना र एथ्लेटिको मड्रिडले इल्चेलाई पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: