birat ribon

कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना प्रथम

Neuro
कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना प्रथम

विराटनगर / अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् ।

गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितीय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् ।

cura insider

विजेता बलले एक हजार डलर, द्वितीय भएका गिरीले पाँच सय डलर र तेस्रो स्थान हात पारेकी खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रमका विजेता सबैलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुशरण एवं प्रबद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताए । उनले एनआरएनए र अनेसासलगायतका संस्थाले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वकुलपति एवं मूल्याङ्कन समितिका प्रमुख बैरागी काँइला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टीका सभापति गीता खत्रीको उपस्थिति रहेको थियो । यस्तै वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आ–आफ्ना रचना वाचन एवं शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा अतिथि कविहरू रविन शर्मा (जापान), हिमांशु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोबर्धन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले पनि आ–आफ्ना कविता वाचन गरेका थिए । आयोजकका तर्फबाट एनआरएनएका पूर्वकोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: