birat ribon

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा, एमालेकाे एकल सरकार गठनकाे तयारी

Neuro
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा, एमालेकाे  एकल सरकार गठनकाे तयारी

विराटनगर / प्रदेशसभामा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएका छन् । आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्ने कार्यसूची छ । तर आइतबार बिहानै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

cura insider

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको बताइएको छ ।

लुम्बिनी प्रदेशमा ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेसँग ४१ सांसद् भएकाले एकल बहुमतको सरकार निर्माणका लागि याे बहुमत सङ्ख्या हाे । वैशाख ६ गते नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: