birat ribon

आईपीएल : मुम्बईको रोमाञ्चक जित

Neuro
आईपीएल : मुम्बईको रोमाञ्चक जित

विराटनगर / साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । शनिबार राति चेन्नई सुपर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको हो ।

चेन्नई २ सय १९ रनको विशाल लक्ष्य दिएको थियो । सो लक्ष्य कोइरोन पोलार्डको विष्फोटक ब्याटिङको मद्दतले ६ विकेट गुमाएर पूरा गर्यो । पोलार्डले अविजित रहदै ८७ रन जोडे । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका थिए । क्विनटन डी ककले ३८ रन,कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डय ३२ रन जाडे ।

cura insider

चेन्नईका लागि साम कुरानले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

जितसँगै ७ खेलमा ८ अङ्क जोडेको मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ । ७ खेलमा १० अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा यथावत छ ।

jackson ribon