birat ribon

क्रोटोनमाथि इन्टर मिलानको जित, लिगमा १३ अङ्कको अग्रता

Neuro
क्रोटोनमाथि इन्टर मिलानको जित, लिगमा १३ अङ्कको अग्रता

विराटनगर / इन्टर मिलान इटालियन सिरी‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा क्रोटोनलाई २–० ले पराजित गर्दै इन्टार उपाधि नजिक पुगेको हो । जितसँगै इन्टरले लिगमा १३ अङ्कको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानसँग ६९ अङ्क छ । इन्टरले ३४ खेलमा ८२ अङ्क जोडेको छ ।

क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको इन्टरका लागि ६९ औं मिनेटमा एरिक्सनले अग्रता दिएलाए । खेलको इन्जुरी समयमा हाकिमीले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

cura insider

शनिबार राति नै भएको अर्काे खेलमा एसी मिलानले बेनेभेन्टोलाई पराजित गरेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: