birat ribon

प्रतिरोधात्मक क्षमता बढाउने उपायको खोजी

Neuro
प्रतिरोधात्मक क्षमता बढाउने उपायको खोजी

विराटनगर / कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले बताए ।

cura insider

उनका अनुसार स्वस्थ खानपान र आयुर्वेदिक औषधिको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । गम्भीर अवस्थामा पुगेका कोरोना सङ्क्रमितले भने आयुर्वेदिक औषधिको मात्रै भर पर्न नहुने उनको भनाइ छ । केसीका अनुसार त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आईसीयू भेन्टिलेटरको आवश्यकता पर्छ । तर रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिले भरपुर सहयोग गर्ने उनले बताए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon