birat ribon

लिग वान : पिएसजी र लिलको जित

Neuro
लिग वान : पिएसजी र लिलको जित

विराटनगर / फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लेन्सलाई पराजित गरेको छ । दोस्रो स्थानमा रहेको पिएसजीले लेन्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

उपाधि दाबेदार टोली पिएसजीको जितका लागि नेयमारले खेलको ३३ औं र मार्किन्युओसले खेलको ५९ औं मिनेटमा गोल गरे । लेन्सका लागि ६१ औं मिनेटमा इग्नाटिउस गनागोले एक गोल फर्काए ।

cura insider

लिगको पहिलो स्थानमा रहेको लिलले पनि जित निकालेको छ । नाइसमाथि २–० को जित निकालेको हो । जितका लागि बुराक यिलमाज र मेहमद जाकि सेलिकले १–१ गोल गरे ।

जितसँगै पहिलो स्थानमा रहेको लिलसँग ७६ अङ्क छ । दोस्रो स्थानमा रहेको पिएसजीसँग ७५ अङ्क छ ।

jackson ribon