birat ribon

एमालेको महाधिवेशन कार्यतालिका सार्वजनिक

Neuro
एमालेको महाधिवेशन कार्यतालिका सार्वजनिक

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गनेसम्म तोकिएको छ । वैशाख ६ , १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।

cura insider

वडा अधिवेशन भदौ ५, पालिका अधिवेशन भदौ १५, जिल्ला अधिवेशन भदौ ३० र प्रदेश अधिवेशन असोज २३ मा गर्ने कार्यतालिका छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिनेछ ।

गत फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरी एमाले ब्युतिँएपछि पार्टीमा भएका निर्णयको जानकारी गराउँदै अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गरेर त्यसको कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । जारी निर्देशनमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको सङ्गठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठन, पार्टीमा भएका अनुशासन कारबाहीलगायत समावेश गरेका छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: