birat ribon

ओसासुनामाथि रियलको जित, एथ्लेटिकोसँग दुई अङ्कले पछि

Neuro
ओसासुनामाथि रियलको जित, एथ्लेटिकोसँग दुई अङ्कले पछि

विराटनगर । स्पेनिस ला लिगाको उपाधि दाबेदार टोली रियल मड्रिडले ओसासुनामाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा साबिक विजेता टोली रियलले ओसासुनामाथि २–० को जित निकालेको हो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा यथावत छ । रियलको जितका लागि कासिमेरो र इडर मिलिसाओले १–१ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा रोकिएको रियलका लागि इडरले ७६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । अग्रता लिएको चार मिनेटपछि कासिमिरोले गोल गर्दै रियललेको जित सुनिश्चित गरे ।

cura insider

जितसँगै पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा रियल दुई अङ्कले पछि छ । शनिबार शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले इल्चेलाई पराजित गरेको थियो ।

एथ्लेटिकाको जितका लागि मार्कस लोरान्टोल निर्णयक गोल गरे । उनले खेलको २३ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । जितसँगै शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले ३४ खेलबाट एथ्लेटिकाले ७६ अङ्क जोडेको छ । समान खेल खेलेको रियलसँग ७४ अङ्क छ ।

लिगामा एथ्लेटिको र रियलले अब चार खेल खेल्न बाकीँ छ । उपाधि दाबेदार टोलीसँग अङ्क अन्तर धेरै नभएका उपाधि दौड रोमाञ्चक बनेको छ । शनिबार राति सेल्टाभिगोले लेभान्टेलाई २–० ले पराजित गरेको छ । अर्काे खेलमा आलभेसलाई एइबरले ३–० ले पराजित गरेको छ ।

jackson ribon