birat ribon

भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक

Neuro
भारतमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक

विराटनगर / केही समययता कोरोना भाइरसले नराम्ररी गाँज्दै लगेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक रहेको छ ।

नेपालसँग खुला सीमा जोडिएको भारतमा एकै दिन विश्वका अन्य मुलुकमा भन्दा अत्याधिक धेरै सङ्क्रमितको मृत्यु भएको हो । कोरोना फैलावटको अवस्था भयावह बनेर कठिन परिस्थितिसँग मुकाविला गरिहेको भारतमा विश्वका अन्य मुलुकमा भन्दा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्ख्या अत्याधिक धेरै रहेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

cura insider

पछिल्लो २४ घण्टामा तीन हजार छ सय ८८ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्युवरण गरेका सङ्क्रमितको भन्दा उच्च हो । भारतमा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख १५ हजार पाँच सय २३ पुगेको छ । भारतमा अहिलेसम्म सङ्क्रमित सङ्ख्या एक करोड ९५ लाख ४९ हजार छ सय ५६ पुगेको छ ।

भारतपछि ब्राजिलमा दैनिक धेरै सङ्क्रमितको मृत्यु भइरहेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ७८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म ब्राजिलमा चार लाख छ हजार पाँच सय ६५ जनाले मृत्युवरण गरिसकेका छन् । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ४७ लाख २५ हजार नौ सय ७५ पुगेको छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनिरहेको मुलुक अमेरिकामा भने केही दिनयता दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । अमेरिकामा २४ घण्टाभित्र छ सय ५७ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ९० हजार सात सय पुगेको छ । अमेरिकामा सङ्क्रमित सङ्ख्या तीन करोड ३१ लाख ४५ हजार चार सय ६३ पुगेको छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र १२ हजार चार सय ३६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३२ लाख पाँच हजार छ सय ७० पुगेको छ । सङ्क्रमित सङ्ख्या १५ करोड २७ लाख ८२ हजार चार सय ९५ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: