birat ribon

विश्वमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

Neuro
विश्वमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघेको छ ।

केही समययता विश्वमा दैनिक १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टाभित्र १२ हजार चार सय ३६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३२ लाख पाँच हजार छ सय ७० पुगेको हो ।

cura insider

एकै दिन विश्वमा सात लाख ८३ हजार ४७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड २७ लाख ८२ हजार चार सय ९५ पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड सात लाख छ हजार नौ सय ८६ जनाको उपचार सम्भव भएको छ ।

उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । विश्वमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ८८ लाख ६९ हजार आठ सय ३९ रहेको छ । उनीहरुको उपचार जारी रहेकोमा एक लाख ११ हजार नौ सय ६७ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन छ सय ५७ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ९० हजार सात सय पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ४१ हजार चार सय ८९ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या तीन करोड ३१ लाख ४५ हजार चार सय ६३ पुगेको छ । अमेरिकामा दुई करोड ५७ लाख ७७ हजार पाँच सय ४५ जना उपचारपछि निको भएका छन् । ६७ लाख ७७ हजार दुई सय १८ जनाको उपचार भइरहेकोमा नौ हजार पाँच सय ६७ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन तीन हजार छ सय ८८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख १५ हजार पाँच सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार पाँच सय ६२ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या एक करोड ९५ लाख ४९ हजार छ सय ५६ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ५९ लाख ८१ हजार सात सय ७२ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३३ लाख ५२ हजार तीन सय ६१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन दुई हजार दुई सय ७८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म ब्राजिलमा चार लाख छ हजार पाँच सय ६५ जनाले मृत्युवरण गरिसकेका छन् । पछिल्लो २४ घण्टामा ६० हजार १३ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमित सङ्ख्या एक करोड ४७ लाख २५ हजार नौ सय ७५ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३२ लाख ४२ हजार छ सय ६५ जना उपचारपछि निको भएका छन् । १० लाख ७६ हजार सात सय ४५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: