birat ribon

फरकधारको उनी

Neuro
फरकधारको उनी
  • सुविन भट्टराई

उपन्यास, संस्मरण, नियात्रा, निबन्ध, जीवनी, नाटक, कथा, गीतिकथा, कविता, गीत, गजल, मुक्तक, हाइकु । मैले जानेसम्म नेपाली साहित्यमा चलेका विधा यिनै हुन् । तर नेपाली अन्तर्वार्ता–सङ्ग्रह ‘उनी’ले साहित्यमा एउटा फरक धार कोर्ने प्रयास गरेको छ ।

हुन त नेपाली शब्द वाङमयमा तर्कको विलास गर्नेहरूले यसलाई साहित्यको कोटीमै नराख्लान् । त्यसका लागि समीक्षकहरूका आ–आफ्नै मत होलान् । तर ‘उनी’ भित्र समेटिएका ३९ वटा जीवन्त कथा पढ्नेहरू यो एउटा फरक लेखन प्रस्तुति रहेको पुस्तक भएकोमा भने एकमत हुनेछन् ।

cura insider

३९ नेपाली नारीहरूको विभिन्न आयाम र रङलाई एउटै पुस्तक ‘उनी’मा अन्तर्वार्ताकर्ता पत्रकार, आख्यानलेखक अश्विनी कोइरालाले समेटेर नयाँ धारको ढोका खोलेका छन् । १६ वर्गका ३९ नेपाली महिलाका अन्तर्वार्ता समेटिएको यस पुस्तकमा कोइराला उनीहरूको अन्तर्मन खोतल्न निपुण देखिएका छन् ।

एउटा अन्तर्वार्ताकर्ता अन्तर्वार्ताको क्रममा कहाँसम्म पुग्ने ? कुन हदसम्मको प्रश्न गर्ने ? कसरी निर्क्योल गर्ने कि आफूले तयार गरेका प्रश्नको उत्तर पाउन सम्भव छ ? निश्चय पनि त्यो अप्ठेरो काम हो । तर कोइराला कहीँ पनि त्यो अप्ठेरोे अनुभव गर्दैनन् ।

भनिन्छ, नेपाली महिलाहरू यौनको विषयमा अनावश्यक सङ्कुचित हुने गर्छन् । तर उनीमा समेटिएका सम्पूर्ण अन्तर्वार्ता छिचोलिसकेपछि कतै लाग्दैन कि नेपाली महिलाहरू यौनिकताका विषयमा खुलेर बोल्न चाहँदैनन् । कतै–कतै उनीहरू पुरुषभन्दा पनि खुल्न सक्छन् भन्ने प्रमाण यो पुस्तकमा भेटिन्छ । उनीहरूलाई कसरी उघार्ने ? प्रस्तुतिलाई कति श्लील बनाउने ? त्योचाहिँ अन्तर्वार्ताकर्ताको कौशलमा भर पर्छ । यसमा पत्रकार कोइराला कतै चुकेका छैनन् ।

बोल्ड’ हुन पनि हिम्मत चाहिन्छ । धेरैको भित्र व्यवहार घिनलाग्दो तर बाहिर कुरा निकै आदर्शपूर्ण देखिन्छ । यस्तो पाखण्ड आम नेपाली प्रवृत्तिजस्तै छ । ‘सबैका आ–आफ्नै प्रकारका अनुभूति तथा सत्यहरू हुन्छन् । तर सबैमा त्यो सार्वजनिक गर्नसक्ने हिम्मत हुँदैन ।

यो पुस्तकको सबभन्दा राम्रो पक्ष के हो भने यहाँ धेरै तह र तप्काका महिलाहरूको जीवनसँग नजिकबाट साक्षात्कार हुन पाइन्छ । एक किसिमले यो पुस्तकमा रहेका रचनाहरूलाई ३९ नेपाली महिलाको जीवनी सञ्चयन भने पनि हुन्छ ।

यसमा फरक–फरक आयाम र पृष्ठभूमि भएका केही प्रतिनिधि नेपाली महिलाका क्षमता र धारणा सार्वजनिक गर्न मिल्ने जति उत्खनन् गर्ने प्रयास भएको छ । बिहान–बेलुका हातमुख जोर्न धौ–धौ हुने, दुनियाँले चिन्न बाँकी रहेकी, गिटी कुट्ने लक्ष्मी राईदेखि दिनमा लाख रुपैयाँ खर्च गर्ने सिर्जना जोशीसम्मका कथा समेटिएका छन् । अक्षर पढ्दै नपढेकी देवकी राउतदेखि एसएलसी परीक्षामा बोर्डफस्ट ल्याउने पहिली महिला, हाल एसियाकै टप इलेक्ट्रोफिजियोलोजिस्ट लुना भट्टसम्मको कथालाई सार्वजनिक गरिएको छ । कलाकार हरिवंशकी तत्कालीन सहयात्री निरा आचार्य र एचआइभी सङ्क्रमित आशा क्षेत्रीबाहेक सबै पात्र र परिवेशहरू खोज्दै जाँदा सार्वजनिक जीवनमै भेटिनेछन् ।

यसमा समेटिएका प्रत्येक महिलाको आफ्नै कथा–व्यथा, चाहना र विचारहरू छन् । सबैको जीवनले केही न केही प्रेरणा दिन्छ । प्रत्येकको अन्तर्वार्ता पढिसकेपछि त्यहाँ एक–एकवटा उपन्यासको थिम वा सिनेमाका लागि पटकथाको प्लट देखापर्छ ।

यो पढ्दै गर्दा पाठकलाई लाग्छ, अझै पनि नेपाली नारीहरूका बारेमा लेखिन बाँकी धेरै रहेछ । समाजले नेपाली नारीलाई अझै नजिकबाट चिन्न बाँकी रहेछ । अश्विनी कोइरालाले केही हदसम्म नेपाली नारीहरूलाई चिनाउने जुन जमर्को गरेका छन्, त्यो निकै प्रशंसनीय छ ।

तर ‘उनी’ सम्पूर्ण रूपमा अब्बल छ भन्न सकिन्न । केही सुधारका अवसरहरू साथमा छन् । जस्तो कतिपय अन्तर्वार्तामा भएका प्रश्नोत्तरको अत्यधिक खुलापन (बोल्डनेस) कतिपय नेपाली नारीहरूलाई नपच्न सक्छ । उदाहरणका लागि मोडल स्मिता थापाको अन्तर्वार्तालाई लिन सकिन्छ । जुन नेपाली अन्तर्वार्ताको इतिहासमा आजसम्मकै ‘बोल्ड’ अन्तर्वार्ता मान्न सकिन्छ । कतिपय कुराहरू सुपाच्य छैनन् । तर यही प्रसङ्गलाई सकारात्मक रूपमा लिने ठाउँ पनि छन् ।

आवरणमै नामसँग ‘नेपाली समाजका विचित्र पात्र’ पदावली लेखिएको छ । भित्र पढ्दै जाँदा आवरणमा भनिएजस्तै अधिकतर पात्रहरू ‘विचित्र’ लाग्छन् ।

‘बोल्ड’ हुन पनि हिम्मत चाहिन्छ । धेरैको भित्र व्यवहार घिनलाग्दो तर बाहिर कुरा निकै आदर्शपूर्ण देखिन्छ । यस्तो पाखण्ड आम नेपाली प्रवृत्तिजस्तै छ । ‘उनी’ले यस्त सामाजिक सवालमा वकालत गर्न चाहेको छ । हरेक मान्छेको जीवनमा गोपनीयताहरू हुन्छन् । सबैका आ–आफ्नै प्रकारका अनुभूति तथा सत्यहरू हुन्छन् । तर सबैमा त्यो सार्वजनिक गर्नसक्ने हिम्मत हुँदैन ।

यसको अर्को कमजोरी भनेको भाषासम्बन्धी मुद्रा–राक्षसको गल्ती हो । यदि हिज्जे सामान्य त्रुटिपूर्ण नभएको भए उनीको सुन्दरतामा अझ निखार आउने थियो ।

जे होस् ‘उनी’ले नेपाली महिलाका विभिन्न आयामलाई उघारेको छ । अश्विनी कोइरालाले गरेको यस कामलाई नवीनतम् साहसिक कदमका रूपमा व्याख्या गर्न सकिन्छ । उनी नेपाली पुस्तक बजारमा अहिलेसम्मकै फरक उपलब्धि हो भन्दा फरक नपर्ला ।

यसको आवरणमै नामसँग ‘नेपाली समाजका विचित्र पात्र’ पदावली लेखिएको छ । भित्र पढ्दै जाँदा आवरणमा भनिएजस्तै अधिकतर पात्रहरू ‘विचित्र’ लाग्छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: