birat ribon

विराटनगरमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

Neuro
विराटनगरमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर / कोरोना सङ्क्रमणका कारण विराटनगरमा थप पाँच जनाको मृत्यु भएको छ । शनिबार नोबेल मेडिकल कलेजमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।

शनिबार बिहान आधा घण्टाको अन्तरमा नोबेल मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको थियो । मृतक मध्ये एक जना विराटनगरका र दुई जना प्रदेश २ का छन् । कोसी अस्प्ताल कोभिड १९ उपचार केन्द्रमा सुनसरी इनरूवाका एक जना र विराट मेडिकल कलेजमा विराटनगरका एक पुरुषको मृत्यु भएको हो ।

cura insider

नोबेलमा मृत्यु भएका तीन मध्ये एक जनालाई हृदयघात भएको थियो । कोरोना पुष्टि भएपछि उपचार गराउन भर्ना गरिएका सङ्क्रमितमध्ये पहिलो पटक हृदयघातका कारण एक पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतक विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुष हुन् । उनी विराटनगर महानगरपालिकाका कर्मचारी हुन् ।

मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए ।

विराटनगरका पुरुषसँगै नोबेलको आइसोलेसनमा तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्रमा मृत्यु भएको थियो ।

सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका सङ्क्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो ।

नोबेलमै उपचाररत महोत्तरीका महत्तरी–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।

कोसी अस्पतालमा इनरुवा नगरपालिका ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो । केन्द्रका संयोजक बैजनाथ साहका अनुसार सुनसरी इनरुवाका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । मृतक पुरुषका ८४ वर्षीय आमाको बुधबार मृत्यु भएको थियो ।
सङ्क्रमित पुरुषको उपचारका क्रममा मुटु र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

विराट मेडिकल कलेजमा विराटनगर– ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ११ गते भर्ना भएका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो कोरोना पोजेटिभ देखिएको थियो । उनलाई मुटु सम्बन्धी पुरानै रोग रहेको अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: