birat ribon

नेपालमा थपिए पाँच हजार सात सय ६३ सङ्क्रमित, १९ जनाको मृत्यु

Neuro
नेपालमा थपिए पाँच हजार सात सय ६३ सङ्क्रमित, १९ जनाको मृत्यु

विराटनगर / नेपालमा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ६९ जनाकाे पिसिआर परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको हो ।

साेही अवधिमा एक हजार २ सय ८७ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको स सङ्ख्या ४३ हजार २१३ पुगेको छ ।

cura insider

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २९८ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: