birat ribon

नोबेल अस्पतालद्वारा निःशुल्क उपचार भन्दै कोरोनाका बिरामीबाट विभिन्न बहानामा शुल्क असुली

Neuro
नोबेल अस्पतालद्वारा निःशुल्क उपचार भन्दै कोरोनाका बिरामीबाट विभिन्न बहानामा शुल्क असुली
  • मोहन ढकाल / विराटनगर

कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने बहानामा नोबेल अस्पतालले शुल्क असुली गरेको पाइएको छ । नोबेलले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने भने पनि विभिन्न बहानामा शुल्क असुली गरेको हाे ।

नि:शुल्क भनेपनि उपचारका बहानामा शुल्क असुल गरेकाे सङ्क्रमितका आफन्तले बताए । ‘नोबेलले प्रत्येक बिरामीसँग प्रत्येक दिन चिकित्सकले लगाउने पिपिई सेट किन्नु भनेको छ,’ सङ्क्रमितका आफन्त युरेश अधिकारीले कोसी अनलाइनसँग भने, ‘अझ बिरामी कम भएको अवस्थामा प्रत्येक दिन दुईवटा पिपिई सेट किन्नुपर्छ भनेको छ ।’

cura insider

दैनिक ३५ सयभन्दा बढी खर्च गरेर पिपिई किन्न बाध्य भएको उनको भनाइ छ । उनले भने, ‘केही दिनअगाडि सासुआमालाई कोरोना सङ्क्रमण देखिएको थियो, स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान निःशुल्क उपचार हुन्छ भनेपछि नोबेलमा भर्ना गरियो तर चिकित्सकका लागि भनेर दैनिक पिपिई किन्न भनेको छ ।’

बिरामीका आफन्तले भने, ‘अस्पतालका कर्मचारीले दैनिक पिपिई किन्न भनेको छ, आज एउटा किनेर दिएँ, निःशुल्क उपचारको नाममा दैनिक पिपिई किन्न लगाएर शुल्क असुलिरहेको छ ।’

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने कोरोना सङ्क्रमितलाई औषधि खर्चबाहेक सबै खर्च निःशुल्क भएको बताए । सङ्क्रमितले दैनिक पिपिई किनेर दिनुपर्ने हो भन्ने जिज्ञासामा दाहालले भने, ‘पिपिई सेट किन्न लगाएको छैन, किन्न भनेको भए पनि बिरामीको आफन्तका लागि हुनसक्छ तर चिकित्सकका लागि भनेर दैनिक पिपिई किन्न भनेको छैन ।’

तर बिरामीका आफन्त अधिकारीले भने, ‘अस्पतालका कर्मचारीले दैनिक पिपिई किन्न भनेको छ, कसका लागि भनेर सोध्दा चिकित्सकका लागि भनेका छन् ।’

jackson ribon