birat ribon

समान अन्तर

Neuro
समान अन्तर
उपेन्द्र सुब्बा

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

गाउँमा–
बाउ हलो जोतिराछन्
म शहरमा टाउको जोतिराछु ।

cura insider

गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहंकार छ ।

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: