birat ribon

हेमन्तको ‘सारङ्गीसँग’ मा कृष्णा

Neuro
हेमन्तको ‘सारङ्गीसँग’ मा कृष्णा

विराटनगर / गायक तथा सारङ्गीबाधक हेमन्त कान्छा रसाइलीले ‘सारङ्गीसँग’ कार्यक्रमको पहिलो अङ्क सार्वजनिक गरेका छन् ।

‘सारङ्गीको संरक्षण, सम्बद्र्धन तथा मौलिकतालाई खोज्ने प्रयासस्वरुप सारङ्गीसँग कार्यक्रम सुरु गरिएको हो,’ हेमन्तले भने । हेमन्तले पहिलो अङ्कमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारङ्गीसँग’ कार्यक्रमलाई गायक हेमन्त आफैँले निर्देशन र सञ्चालन गर्नेछन् ।

cura insider

भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने बाँसुरीमा सञ्जीव मैनाली छन् । मिराज अर्याल र दीपक बिटिएलको छायाङ्कनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रिमा फिल्मस्) ले नै गरेका हुन् भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: