birat ribon

गजल

Neuro
गजल
सविन एकतारे

नगरुँ भो अब जोरजाम बालुवामा ।
महलको हुन्न केही काम बालुवामा ।

लहर बनी आउनू विलिन गर्नू आफूमा,
लेखिनेछु फेरि बदनाम बालुवामा ।

cura insider

किनाराको प्यास हो या नदी नै छ प्यासी,
यी छालहरु किन लाग्छन् लाम बालुवामा ।

सिउँडीमा पनि फूल फुलाइदिन्छ बगर,
वसन्तको हुन्न केही लगाम बालुवामा ।

लहरबाट छुटिन्छन् केही छालहरू,
गर्नेछन् केही बेर अब आराम बालुवामा ।

पत्थरमा कुँदिए सकिन्न मेटाउन,
‘एकतारे’ कोर्छ आफ्नो नाम बालुवामा ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: