birat ribon

प्रकाश सपुतमा कोरोना सङ्क्रमण पुष्टि

Neuro
प्रकाश सपुतमा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर / कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको सपुत आफैँले जानकारी दिएका हुन् । उनले समाजिक सञ्जालमा पोस्ट गर्दै सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसमा बसेको बताएका छन् । गायक सपुतले आफूसँग सम्पर्कमा आएकाहरूलाई पिसिआर टेस्ट गराउन आग्रह गरेका छन् ।

उनले पोस्टमा लेखेका छन्, ‘अन्ततः काठमाडौँ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला । एकदमै धेरै शरीर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरिघरि श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मवल त राखौँ तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !’

cura insider

गायक प्रकाश सपुतको हालै मात्र नयाँ गीत ‘मेरो पनि होइन र देश’ सार्वजनिक भएको छ । गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: