birat ribon

विराटनगरमा पनि निषेधाज्ञा, एक साता हिँडडुल गर्न रोक

Neuro
विराटनगरमा पनि निषेधाज्ञा, एक साता हिँडडुल गर्न रोक

विराटनगर / कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाे वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएकाे हाे । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाकाे निर्णय नभएकाे उनले बताए ।

cura insider

शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएकाे उनले बताए ।

सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभाेग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खाेल्न दिने निर्णय भएकाे जानकारी दिए । ‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुनेछ,’ काेसी अनलाइनसँग निराैलाले भने, ‘अवस्थाअनुसार थप निर्णय हुनेछ ।’

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

यसअघि सुनसरी जिल्ला प्रशासनले आज (शुक्रबार) राति १२ बजेपछि २०७८ वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: