birat ribon

विराटनगरमा निषेधाज्ञा जारी गर्ने तयारी

Neuro
विराटनगरमा निषेधाज्ञा जारी गर्ने तयारी

विराटनगर / कोरोना सङ्क्रमणदर उच्च रहेको विराटनगरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने भएकाे छ । दैनिक एक सय बढी सङ्क्रमित भेटिन थालेपछि निषेधाज्ञा जारी गर्ने भएको हो ।

‘विराटनगर र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी हुन्छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने,‘ निर्णयका लागि जिल्ला स्तरीय सतर्कता समितिको बैठकले बसिरहेकाे छ ।’

cura insider

उनका अनुसार विराटनगरसहित सुनसरीसँग सीमा जोडिएका स्थानीय तहहरुमा निषेधाज्ञा जारी हुनेछ ।जिल्लाका अन्य स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले तत्काल जिल्लाभर निषेधाज्ञा जारी गर्न व्यावहारिक नहुने उनको भनाई छ ।

निषेधाज्ञा जारी गर्ने मिति र समय छलफल पछि टुङ्गो लाग्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: