birat ribon

विराटनगरका उपभोक्ता कालोबजारीको मारमा, अनुगमन शून्य

Neuro
विराटनगरका उपभोक्ता कालोबजारीको मारमा, अनुगमन शून्य
  • मोहन ढकाल / विराटनगर

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलन थालेसँगै देशका विभिन्न स्थानमा लकडाउन हुन थालेको छ । विराटनगरमा पनि दिनहुँ सङ्क्रमित बढ्दो क्रममा छन् । देशका विभिन्न स्थानमा लकडाउन हुन थालेसँगै विराटनगरमा पनि यसको प्रभाव पर्न थालेको छ । अहिले विराटनगरमा लकडाउन नभए पनि बजारमा भने खाद्यबस्तुको अभाव देखाएर कालोबजारी मौलाएको छ ।

कोरोनाको जोखिम बढेसँगै केही दिनदेखि विराटनगरको बजारमा कालोबजारी सुरु भएको हो । केही दिन अगाडिसम्म कम मूल्यमा पाइने खाद्यबस्तु अहिले महँगोमा खरिद गर्न बाध्य भएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । खाद्यबस्तु मात्र नभएर पछिल्लो समय सर्जिकल मास्कको पनि कालोबजारी हुन थालेको उपभोक्ताको गुनासो छ ।

cura insider

खानेतेलको मूल्य केही दिनदेखि लिटरमा २० देखि ३० रुपैयाँसम्म वृद्धि भएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । यस्तै चिनी, चामल, दाललगायत अन्य खाद्यबस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ । विराटनगरका सन्तोष कार्कीले केही दिन अघिसम्म ७२ रुपैयाँ केजी पाइने चिनीलाई अहिले ८२ भन्दा बढी पर्ने गरेको बताए ।

यस्तै खानेतेलको मूल्य अचाक्ली बढेको उनले गुनासो गरेका छन् । व्यापारीले तेलमा उल्लेख गरेको मूल्यभन्दा बढी लिने गरेको कार्कीको भनाइ छ । एक सय १० रुपैयाँ मूल्य लेखिएको तेलको एक सय ३० सम्म बुझाउन बाध्य भएको उनको भनाइ छ । उनले बजारमा एक्कासी कालोबजारी बढेको अवस्थामा पनि सम्बन्धित निकायले अनुगमनमा चासो देखाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हरेक सामानको मूल्यवृद्धि भएपछि हामीले ल्याएर बेच्नसमेत समस्या भएको छ । बजारमा रातारात कालोबजारी भए पनि प्रभावकारी अनुगमन नभएको उपभोक्ताको गुनासो छ ।

विराटनगरमा डेरा गरेर बस्ने देवनारायण यादवले बजारमा हरेक सामानमा कालोबजारी भइरहेको बताए । केही दिन अगाडिसम्म पाँचदेखि १० रुपैयाँमा लिने गरेको मास्कलाई अहिले २० रुपैयाँ किन्न परेको उनको भनाइ छ । उनले भने, ‘अहिले खाद्यसामग्रीदेखि मास्कको पनि कालोबजारी भइरहेको छ ।’

केही दिन अघिसम्म कार्टुनको दुई हजार तीन सय २५ रुपैयाँ पर्ने घैला तेलको मूल्य अहिले एक्कासी बढेर दुई हजार छ सय पुगेको किराना पसल सञ्चालकले बताएका छन् । विराटनगरमा किराना पसल सञ्चालन गर्दै आएका बाबुराम सञ्जेलले भने, ‘हरेक सामानको मूल्य एक्कासी बढेपछि ल्याएर बेच्न पनि समस्या भएको छ ।’ केही दिन अघिसम्म कम मूल्यमा आउने सामानमा अत्यधिक मूल्यवृद्धि भएपछि नल्याएको उनले बताए ।

‘ल्याएर बेचौँ भने महँगोमा बेच्यो भन्छन्’, सञ्जेलले भने, ‘होलसेलमा नै सामान अभाव देखाएर रातारात मूल्यवृद्धि भइरहेको छ, तर, सम्बन्धित निकायले अनुगमन गरेको पाइँदैन ।’ चामल, दाल, चिनीलगायत अन्य खाद्यवस्तुको मूल्य रातारात वृद्धि भइरहेको छ । उनले भने, ‘हरेक सामानको मूल्यवृद्धि भएपछि हामीले ल्याएर बेच्नसमेत समस्या भएको छ ।’

बजारमा रातारात कालोबजारी भए पनि प्रभावकारी अनुगमन नभएको उपभोक्ताको गुनासो छ । स्यानीय सरकारले पनि अनुगमनको अधिकार पाएको छ । तर स्थानीय तहले समेत अनुगमन गरेको छैन । पछिल्लो समय कालोबजारी बढेको भन्ने गुनासाहरू आउन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताए ।

उनले कालोबजारी बढेको भन्ने गुनासाहरू बढेसँगै अनुगमनलाई बढाएको बताए । केही दिनअगाडि पूर्वमा अक्सिजनको अभाव भन्ने समाचार आएपछि अक्सिजन उत्पादन गर्ने उद्योग र डिलरको अनुगमन गर्दा अभाव नभएको पाइएको उनले बताए ।

उनले भने, ‘पूर्वमा अक्सिजनको अभाव भएको छैन भन्ने अनुगमनका क्रममा पाइयो ।’ पछिल्लो समय मास्कमा कालोबजारी भयो भनेर गुनासो आएको भन्दै उनले भने, ‘पाँच रुपैयाँभन्दा बढीमा मास्क नकिन्न उपभोक्तालाई समेत भनेका छौँ र व्यापारीलाई समेत पाँच रुपैयाँभन्दा बढीमा नबेच्न भनेका छौँ तर बढीमा बेचेको भन्ने गुनासो आएको छ ।’

अनुगमनको क्रममा बढी मूल्यमा बेचेको पाइएका तुरुन्तै कारबाही गर्ने उनले बताए । आज पनि अनुगमनमा निक्लने बताउँदै उनले भने, ‘पहिला मास्क र सेनिटाइजरको अनुगमन गर्ने र बढी मूल्य लिएको पाइएमा तत्काल कारबाही गछौँ ।’ एकदुई दिन मास्क र सेनिटाइजरको अनुगमन गरेपछि खाद्यबस्तुको अनुगमन गर्ने उनले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: