birat ribon

जेब्रा–क्रसमा महानगरबासीको तस्बिर !

Neuro
जेब्रा–क्रसमा महानगरबासीको तस्बिर !
  • विष्णुप्रसाद / विराटनगर

‘नयाँ किनेको गाडी हो दाजु ?’

सडक–पेटीमा खैरो रङ लगाएको एउटा खाली बेन्च थियो । माझमा कालो भेस्ट र कालै मास्क लगाएर एक जना युवा बसिरहेका थिए । हातमा रिमोटवाला चाबी समातिरहेको देखेर मैले सोधेको थिएँ ।

cura insider

‘हो !’ उनले मेरो अनुहारतिर हेर्दै भने ।

‘अनि यो के गरेको त ?’ उनको नयाँ कालो गाडीतिर देखाउँदै सोधेँ ।

‘… … ?’ उनले केही नबुझेजस्तो गरेर मतिर हेरे ।

‘एक सय प्रतिशत जेब्रा–क्रसमै पार्किङ गरेको त ?’ मैले विषय प्रष्ट पारेँ ।

‘… … !’ उनले कुरा बुझे तर जबाफ फर्काएनन् ।

मैले मोबाइलबाट तीन–चार क्लिक हानेँ । उनी मलाई हेरिरहे, केही बोलेनन् ।

‘नयाँ गाडी चढेर मात्र महानगरबासी होइँदैन ब्रो !’ मैले भनेँ, ‘धेरथोर सोमत पनि हुनुपर्छ ।’

उनी हाँसीमात्र रहे । उठेर गाडी अलि पर्तिर सार्ने चेष्टा गरेनन् ।

विराटनगर महानगरपालिकाअगाडि व्यस्त शनिहाट चोकमा बिहीबार दिउँसो तीन बजे भएको संवाद हो यो ।

यो जेब्राक्रसअगाडि सेयर दलाल (ब्रोकर)हरूको कार्यालय छ । उनीहरू नयाँ–नयाँ गाडी चढेर आउँछन् । दिनभर जेब्रा-क्रसमा पार्किङ गर्छन् र आफ्नो धन्दा अगाडि बढाउँछन् ।

यसरी जेब्रा-क्रसमा सवारी पार्किङ गरिएका तस्बिरहरू कोसी अनलाइनमार्फत बेला–बेलामा सार्वजनिक भए पनि विराटनगर ट्राफिकले उनीहरूलाई खोजेर ‘सचेत’ गराएको सूचना सार्वजनिक गरेको छैन ।

बाँकी तस्बिर आफैँ बोल्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: