birat ribon

मन्त्री र मेयरलाई विराटनगरमा आकाशे पुल शिलान्यास गर्न हतार, मुख्यमन्त्रीले रोके

Neuro
मन्त्री र मेयरलाई विराटनगरमा आकाशे पुल शिलान्यास गर्न हतार, मुख्यमन्त्रीले रोके

विराटनगर / कोरोना महामारी फैलिएको विराटनगरमा आकाशे पुल शिलान्यास गर्ने तयारीमा रहेका मन्त्री र मेयरलाई मुख्यमन्त्रीले रोकेका छन् ।

बुधबार बेलुका ५ बजे आकाशे पुल शिलान्यासका लागि प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त रूपमा शिलान्यास गर्ने तयारी गरेका थिए । तर अन्तिम समयमा मुख्यमन्त्री शेरधन राईले रोकेका हुन् ।

cura insider

‘महामारीको यस्तो काम बेलामा गर्न हुन्न भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, ‘मुख्यमन्त्रीको निर्देशनपछि शिलान्यासको कार्यक्रम भएन ।’

बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयका प्रमुख मिलन आचार्यले सरोकारवाला निकायलाई निम्तो पठाएका थिए । अन्तिम समयमा मुख्यमन्त्रीको निर्देशनपछि शिलान्यास रोकिएको थियो ।

शिलान्यासमा सहभागी हुन निमन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि कार्यक्रम नगर्न आग्रह गरेका थिए । ‘निमन्त्रणा आएपछि मन्त्री र मेयरज्यूलाई फोन गरेर यस्तो अवस्थामा शिलान्यास नगरौँ भनेर आग्रह गरेँ,’ प्रजिअ निरौलाले भने, ‘पछि रोकियो भन्ने जानकारी पाएँ ।’

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निर्माण गरिरहेको छ । घाँस चोकमा भने सहरी विकास तथा भवन कार्यालयले बनाउने तयारी गरेको हो ।

विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार महानगरले तीन स्थानमा निर्माणका लागि एक महिनाअघि नै शिलान्यास गरेर काम अघि बढाएको बताए । उनका अनुसार कोसी राजमार्गको घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने बताए । तर सहरी विकास कार्यालयले घाँस चोकमा बनाउने भएपछि महानगरले बसपार्कमा बनाउने उनले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: