birat ribon

विराटनगरका विद्यालय बन्द, सगरमाथा स्कुलमा सुटुक्क एसइई प्रिबोर्ड परीक्षा

Neuro
विराटनगरका विद्यालय बन्द, सगरमाथा स्कुलमा सुटुक्क एसइई प्रिबोर्ड परीक्षा

विराटनगर / कोरोना महामारीका कारण सरकारले शैक्षिक गतिविधि बन्द गरेको छ । तर विराटनगरको एक निजी विद्यालयलले सरकारको निर्णयविपरित कक्षा १० को परीक्षा लिएको छ ।

विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले कक्षा १० को प्रिबोर्ड परीक्षा लिएको हो ।

cura insider

विराटनगर महानगरपालिकाले सोमबारबाट सबै शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । महानगरको निर्णयपछि शैक्षिक गतिविधि बन्द गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन प्याब्सन विराटनगर महानगरका अध्यक्ष ईन्द्र राईले जानकारी दिए ।

महानगरको निर्णयपछि परीक्षा र विद्यालयलले भौतिक रुपमा लिँदै आएका कक्षा बन्द भएको उनको भनाइ छ । तर सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले भने कक्षा १० का विद्यार्थीलाई बिहीबार बिहान साढे ७ बजे बोलाएर परीक्षा लिएको हो । स्कुलका भाइस प्रिन्सिपल रोहिणीरमण दवाडीले बुधबार विद्यार्थीलाई परीक्षा समयभन्दा १५ मिनेटअगाडि आउट ड्रेसमा आउन निर्देशन दिएका थिए । आउट ड्रेसमा पुगेका विद्यार्थीहरूले बिहीबार बिहान परीक्षा दिएका हुन् ।

सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले परीक्षा नलिएको दाबी गरे । विद्यार्थी परीक्षा दिएर फर्कदैछन् नि भन्ने प्रश्नमा उनले होस्टेलमा बस्ने विद्यार्थीको मात्रै परीक्षा लिएको दाबी गरे । ‘होस्टेलमा बस्ने ५०–६० जना विद्यार्थीको परीक्षा लिइएको हो, अरुको लिएको छैन,’ उनले भने, ‘घर जान्छौँ भनेपछि परीक्षा लिदेका हौँ । अरुको परीक्षाको टुङ्गो छैन ।’

गौतमले होस्टेलमा बस्ने विद्यार्थीको मात्रै परीक्षा लिएको बताए पनि घरबाटै विद्यालय धाइरहेका विद्यार्थीले आउट ड्रेसमा परीक्षा दिएका थिए । स्कुल बस नआउने भन्दै विद्यालयलले १५ मिनेटअघि उपस्थित हुन उर्दी जारी गरेपछि जोखिम मोलेर छोरालाई परीक्षामा सहभागी गराएको एक अभिभावकले जानकारी दिए ।

विद्यार्थीलाई पठाइएको म्यासेज

jackson ribon

प्रतिक्रिया दिनुहोस्: