birat ribon

ला लिगा : बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिने मौका

Neuro
ला लिगा : बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिने मौका

विराटनगर / स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दौडमा रहेको बार्सिलोनाले आज राति ग्रानडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

लिगको तेस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि दाबेदारी कायम राख्न आजको खेल जित्नै पर्न दबाव छ । तुलनात्मक रुपमा कमजोर मानिएको ग्रानडासँग पराजित भएको अवस्थामा बार्सिलोनाले पहिलो स्थानमा उक्लने मौका गुमाउनेछ साथै उपाधि दाैड पनि कठिन हुनेछ ।

cura insider

ला लिगामा ३३ खेल खेलेको एथ्लेटिको मड्रिड ७३ अङ्कसहित पहिलो स्थानमा छ । रियल मड्रिड दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना तेस्रो स्थानमा छ । दुई टोलीको समान ७१ अङ्क छ । चौथो स्थानमा रहेको सेभिल्लाको ७० अङ्क छ । ३२ खेलबाट ४२ अङ्क जोडेको ग्रानडा ८ औं स्थानमा छ ।

ला लिगामा चार वटा टोली दाबेदारको रुपमा प्रस्तुत भएका छन् । लिगको पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिड, दोस्रो स्थानमा रहेको साबिक विजेता रियल मड्रिड, बार्सिलोना र सेभिल्ला उपाधि दोबदार टोली हुन् ।

दाबेदार चार टोली मध्ये तीन क्लबले समान ३३ खेल खेलेका छन् । रियल मड्रिडसँग समान अङ्क भएपनि तेस्रो स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेको छ । आजको खेलमा जित निकाले बार्सिलोना ७४ अङ्कसहित शीर्ष स्थानमा उक्लनेछ । पराजित भए तेस्राे स्थानमा यथावत रहनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: