birat ribon

बेन्जेमाले तोडे रोनाल्डोको कीर्तिमान

Neuro
बेन्जेमाले तोडे रोनाल्डोको कीर्तिमान

विराटनगर / रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भङ्ग गरेका छन् । मङ्गलबार राति च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सीविरुद्ध एक गोल गरेका बेन्जेमाले रोनाल्डोको रेकर्ड तोडेका हुन् ।

युरोपियन लिगमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेल्दा टिमलाई सम्भावित हारबाट जोगाउन बेन्जेमाले एक गोल गरेका थिए । रियलको मैदान स्टेडियो डी अल्फ्रेडोमा भएको खेलमा खेलमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो ।

cura insider

१४औँ मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २९औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाए । उक्त गोलसँगै उनी च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने रियलका सबैभन्दा पाका खेलाडी बनेका छन् ।

Image

यसअघि सन् २०१७ मा यो कीर्तिमान पोर्चुगिज स्टार रोनाल्डोले बनाएका थिए । रोनाल्डोले ३२ वर्ष ८६औँ दिनमा गोल गर्दै उक्त रेकर्ड बनाएका थिए ।

त्यसअघि, सन् २००३ मा जिनेदिन जिदानले ३० वर्ष तीन सय २५औँ दिनमा च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्दै बनाएको कीर्तिमान रोनाल्डोले तोडेका थिए । रोनाल्डोको रेकर्ड चार वर्षपछि बेन्जेमाले ३२ वर्ष एक सय २९औँ दिनमा गोल गर्दै आफ्नो नाममा सारेका हुन् ।

Image

jackson ribon

प्रतिक्रिया दिनुहोस्: