birat ribon

विराटनगरमा ९० सङ्क्रमित थपिए, थप दुई जनाको मृत्यु

Neuro
विराटनगरमा ९० सङ्क्रमित थपिए, थप दुई जनाको मृत्यु

विराटनगर / पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिका भित्र ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ३५ महिला र ५५ पुरुष गरी ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा विराटनगरका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ घर भएका ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा छात्ती दुख्ने र ज्वरो आउने समस्या थियो ।

cura insider

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । गत बैशाख ४ गते भर्ना भएका वृद्धकाे उपचारका क्रममा सोमबार दिउँसो १ : ५५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर चुरामाणी पोखरेलले जानकारी दिए ।

प्रदेशमा थपिए २०२ सङ्क्रमित

प्रदेश १ मा सोमबार २०२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ११४, झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: