birat ribon

होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष सम्बोधन गरिनुपर्ने

Neuro
होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष सम्बोधन गरिनुपर्ने

काठमाडौँ / होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।

अहिले दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने उनले बताए ।

cura insider

फेरि पनि लकडाउन भएमा व्यवसायीहरू आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ । त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरूको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने बताए । उनले बजेटमार्फत रोजगार संरक्षण कोष घोषणा गर्न पनि माग गरे ।

सरकारले जारी गरेको मापदण्डअनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म होटल सञ्चालन गर्न पाइने र २५ जनाभन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ । होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्डअनुसार काम गरिरहेको तर सरकार आफैँले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योलता बढेको पनि बताए ।

अब आउने बजेट यसअघिको भन्दा पृथक हुनुपर्ने पनि उनले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनर्उत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गरे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: