birat ribon

तरकारी खेती विस्तार, लकडाउन भए पनि तरकारीको हाहाकार नहुने

Neuro
तरकारी खेती विस्तार, लकडाउन भए पनि तरकारीको हाहाकार नहुने

झापा / यसपटक पनि लकडाउन भएर भारतबाट तरकारी रोकिए झापामा तरकारीको हाहाकार नहुने भएको छ । पोहोरको लकडाउनका बेला झापाको तरकारी बजारको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि तरकारी खेती विस्तार गरेको छ ।

अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती सुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो ।

cura insider

भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा भाञ्जा कृषि फार्मका सञ्चालक अनिल पौडेलले बताए ।

‘स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सकियोस् भनेर यसपालि हामीले उत्पादनलाई तेब्बर पार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ सञ्चालक पौडेलले भने । उनका अनुसार भद्रपुर नगरपालिका–४ मा भद्रपुर गौशालाको स्वामित्वमा रहेको १६ बिघा जग्गा फार्मले सात वर्षका लागि लिजमा लिएर तरकारी फलाएको छ । भद्रपुर–१० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीमा सरकारी स्वामित्वमा रहेको २० बिघा जग्गासमेत यसपालि मामा भाञ्जा कृषि फार्मले लिजमा लिएर उत्पादन सुरु गरिसकेको छ ।

यसैगरी मेचीनगर–११ को १५ बिघा र अर्जुनधारा–८ को १५ बिघा गरी कूल ६६ बिघा जग्गामा मामा भाञ्जा कृषि फार्म विस्तारित भइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित यो सबैभन्दा ठूलो तरकारी उत्पादक कृषि फार्म हो ।

भारतबाट आयातित सागसब्जी विषादीको मात्रा नजाँची भित्रिने गरेको र त्यसबाट स्वास्थ्यमा समस्या आउने आशङ्का बढेका कारण जिल्लाका सर्वसाधारण स्वदेशी तरकारीको उपभोगप्रति आकर्षित बनेका छन् ।

फार्मले एक दर्जन जति साना गाडीमार्फत जिल्लाका सबै पालिकामा उपभोक्ताको टोलमै ताजा तरकारी बिक्रीका लागि पु¥याउने गरेको छ । फार्मले कृषिविज्ञ राखेर तरकारी खेतीमा मल, गोडमेल र किटनाशक औषधिको प्रयोग गर्दै आएको छ । यहाँबाट थोक तथा खुद्रा दुवै प्रकारले तरकारी बिक्री गर्दै आएको छ ।

यसै सिजनमा ३० हजार टन स्क्वास फर्सी फलाएर बजारमा बिक्री गरेको सञ्चालक पौडेलले बताए । यही सिजनमा तीन हजार पाँच सय केजी टमाटर र पाँच हजार केजी बोडी बिक्री भइसकेको छ ।

वैदेसिक रोजगारीमा जानुभन्दा स्वदेसमै पौरख गर्ने सोचका साथ सुरु गरेको फार्मका सञ्चालक युवा उमेरका छन् । उनीहरू कार्य विभाजन गरेर खेती स्याहार्ने र बिक्रीका लागि बजार खोज्ने काममा आफैँ खटिने गरेका छन् । हालसम्म फार्मका लागि सरकारी अनुदान नलिएको पौडेलले बताए । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: