birat ribon

कछुवा बचाउन साधुहरू नाचे !

तराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

Neuro
कछुवा बचाउन साधुहरू नाचे !तराईका जिल्लाहरूको अवलोकन तथा सर्वेक्षण

बिहानै उठेर बजारमा केही किनमेल गरी पोखरीमा गयौँ । मैले पोखरी घुमेर नमुना सङ्कलन गरेँ अनि चोहर्वा चोकतिर लाग्यौँ । चोहर्वा चोकबाट राजमार्ग छिचोल्दै पश्चिमतर्फ लाग्यौँ ।

त्यस क्षेत्रको भू–बनावट निकै अचम्मको रहेछ । ढिस्का–ढिस्की, स–साना पातला सखुवाका जङ्गल । उत्तरतिर नजिकै लहरै चुरे पर्वत–शृङ्खला । माटो बलौटे भएकाले प्रायः सुक्खा । घरहरू होचा, गाउँ झुरुम्म परेको । यस्तै भू–स्वरुप हेर्दै कमला पुलनजिकको एउटा बजार, नयाँ बजार पुगियो ।

cura insider

नयाँ बजारमा स्थानीयसँग सरीसृपबारे सोधखोज गर्दै अन्तरवार्ता पनि लियौँ ।

त्यसपछि राजमार्गको दुवै किनारा अवलोकन गर्दै सिराहा जिल्लालाई धनुषा जिल्लासँग जोडने कमला नदीको मूलक्षेत्रमा पुग्यौँ ।

कमला पुल राजमार्गमा पर्ने लामा पुलहरूमध्ये एक हो । यो नदी महाभारत पर्वतमालाबाट चुरे पर्वतमाला हुँदै तराई झरेकाले चुरे पर्वतको फोस्के ढुङ्गा र बलौटोले गर्दा यसको बगरले बृहत् क्षेत्र ओगटेको छ । वर्षामा बाढी आउने तर हिउँदमा पानी सुक्ने यसको विशेषतै हो ।

धनुषातर्फको किनारामा दुई र तीनवटा झुप्रा कुटीहरू देखिन्थे । त्यहाँ साधुहरू बस्दा रहेछन् । हामीलाई देखेर उनीहरू केही भयभित हुँदै बाहिर निस्किए ।

कमलालाई चुरेको फेदतिरैबाट तटबन्ध गर्दै पुलभन्दा एक किलोमिटर उत्तरपट्टि बाँध बाँधेर नहर निकालिएको छ, जसले सिरहा जिल्लालाई सिँञ्चित गर्छ ।

हामी मोटरसाइकल नदीकिनारामा अड्याएर, त्यहाँको सिमसार क्षेत्रको अध्ययन, अवलोकन गर्न थाल्यौँ । तापक्रम, उचाइ र सापेक्षित आर्द्रता नापेर खोला तरी पारि धनुषा जिल्ला पुग्यौँ ।

कमला नदीतटमा निर्मित कुटीअघि कछुवा बचाऔँ लेखिएको पोस्टरसँग रमाउँदै साधुहरू ।

यो सिरहा र धनुषा जिल्लाका साथै मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्र छुटयाउने सीमानदी हो । नदीको दुवै किनारामा खयरको जङ्गल छ ।

धनुषातर्फको किनारामा दुई र तीनवटा झुप्रा कुटीहरू देखिन्थे । त्यहाँ साधुहरू बस्दा रहेछन् । हामीलाई देखेर उनीहरू केही भयभित हुँदै बाहिर निस्किए ।

हामीले आफू भ्यागुता, कछुवा, छेपारो, सर्प आदि जन्तुहरूको अनुसन्धानकर्ता भएको कुरा बताउँदै नआतिन अनुरोध ग¥यौँ । साधु बाबाजीहरूले माझीसरलाई मैथिली भाषामा सरकारी वनजाँचे हुन् कि भनी डराएको भनेछन् ।

मसँग ‘कछुवा बचाऔँ’ भन्ने आरको नेपालद्वारा प्रकाशित ठुलो पोस्टर थियो । पोस्टरकोवरिपरि १४ प्रजातिका कछुवा र माझमा कछुवाको पिठ्युँमा उभिएका भगवान् यमुनाको तस्बिर थियो ।

मैले कछुवा बचाऔँ लेखिएको पोस्टर बाबाजीलाई दिएँ । कछुवा बचाउनेहरू भन्ने थाहा पाएर चारै जना खुसी हुँदै नाचे । पोस्टर छाती तथा पिठ्युँमा झुन्ड्याएर भजन गाउँदै नाचेको दृश्य हेर्न लायकको थियो । मैले पनि फोटो खिचिदिएँ ।

त्यसपछि उनीहरू खुलेर आए अनि कछुवाबारे निकै जानकारी दिए । उनीहरूको पनि सर्वेक्षण फारम भरेँ, उत्तर दिएकोमा धन्यवाद दिएँ । ती साधु–सन्त पनि मेरो अनुसन्धान कार्यमा सहभागी भइदिए, मलाई पनि अर्कै प्रकारको आनन्द लाग्यो ।

कमला नदीको विस्तृत अध्ययनपछि यसपल्टको यात्राको पश्चिम गन्तव्य–बिन्दु त्यहीँनेर टुङ्गियो ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: