birat ribon

मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने नासाको प्रयोग सफल

Neuro
मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने नासाको प्रयोग सफल

विराटनगर / मङ्गल ग्रहमा अक्सिजन बनाउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासा सफल भएको छ । मोक्सी नामको यन्त्रबाट नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउन सफल भएको जनाएको हो ।

मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड र ०.१३ प्रतिशत अक्सिजन छ । जसकारण एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट मोक्सीले एक अणु अक्सिजन निकाल्न सफल भएको हो ।

cura insider

मोक्सीले एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्नेगरी पाँच ग्राम अक्सिजन बनाएको छ । सानो आकारको मोक्सीले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्न सक्ने वैज्ञानिकहरूले अपेक्षा राखेका छन् । मोक्सीको प्रयोग सफल भएमा भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानमा पृथ्वीबाट कम अक्सिजन लगेर त्यहीँको वातावरणमा अक्सिजनको व्यवस्था गर्न मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा नासाले अध्ययन गरिरहेको छ ।

हेलिकप्टर

मङ्गल ग्रहमा अन्तरिक्षयात्रीलाई धेरै टन अक्सिजन आवश्यक पर्ने हुन्छ । अक्सिजन श्वास फेर्न मात्रै नभइ यानलाई मङ्गल ग्रहको सतहबाट प्रक्षेपण गर्न पनि आवश्यक पर्छ । सोही प्रविधिलाई विकास गरेर उक्त अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी पनि बनाउन सकिने वैज्ञानिकहरूले अपेक्षा राखेका छन् ।

गत साता मात्र मङ्गल ग्रहमा हेलिकप्टरको नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्यूटीले इतिहास बनाएको थियो । हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन् । मोक्सी र इन्जुन्यूटी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रअरीमा मङ्गल ग्रहमा पुगेका थिए ।

jackson ribon