birat ribon

‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई कारबाही

Neuro
‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई कारबाही

कर्णाली / कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार एमाले सांसद कारबाहीमा परेका छन् । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ह्वीप उल्लङ्घन गर्ने चार जना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो ।

कारबाहीमा पर्नेमा कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा रहेका छन् । बैठकले पार्टीको ह्वीप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गरेको हो ।

cura insider
jackson ribon