birat ribon

भारतीय दूतावासकाे सूचना : ‘एनओसीबिना आउनुस्, विमानस्थलमा रोकटोक भए फोन गर्नुस्’

Neuro
भारतीय दूतावासकाे सूचना : ‘एनओसीबिना आउनुस्, विमानस्थलमा रोकटोक भए फोन गर्नुस्’

काठमाडौँ/ कोरोनाको दोस्रो लहरका कारण विश्व नै आक्रान्त बनिरहेका बेला कतिपय मुलुकहरूले बाहिरी मुलुकका नागरिकलाई आवागमनमा प्रतिबन्ध लगाइरहेका छन् ।

यस्तैमध्येको एक हो– भारत । पश्चिमा देशहरूमा भारतीय विमानस्थलबाट सोझै प्रवेश निषेध गरिएको अवस्थामा भारतीय नागरिकलाई भने एनओसीबिना नै तेस्राे मुलुक जान पाउने गरी नेपाल सरकारले सहुलियत दिएकाे छ ।

cura insider

गत बुधबार भारतीय दूतावास, काठमाडौँले सूचना जारी गर्दै तेस्रो मुलुक जाने भारतीयहरूले नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गर्न सक्ने जानकारी गराएको छ ।

भारतीय दूतावासले निकालेको सूचनामा नेपाल ट्रान्जिट भएर तेस्रो मुलुक जाने भारतीयहरूले नो अब्जेक्सन लेटरबिना नै नेपाल आउन पाउने उल्लेख छ ।

बाहिरी मुलुकबाट आउने नागरिकलाई पिसिआर परीक्षण र नाे अब्जेक्सन लेटर अनिवार्य गर्नुपर्ने हाे । यस्ताे संवेदनशील विषयमा निर्णय गर्दा हचुवाका भरमा गरिएकाे पाइएकाे छ ।

कोरोनाले भयावह रूप लिइरहँदा नेपालका प्रायः सहरी क्षेत्रका विद्यालयहरू बन्द भइसकेका छन् । भारतीय सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपर्ने आवाज सर्वत्र उठिरहेको छ । नेपालमा पछिल्लो समय देखिएका सङ्क्रमितमध्ये अधिकांश भारतबाट भित्रिएको तथ्याङ्कहरूले देखाइरहेका छन् ।

यस्तो अवस्थामा भारतलगायत सङक्रमण बढी भएका मुलुकका हवाई उडान र सीमानाका बन्द गर्नुपर्नेमा सरकारले भारतीय नागरिकलाई एनओसीबिनै नेपाल आउन सक्ने छुट दिएकाे छ ।

‘२२ अप्रिल देखि १९ जुनसम्म भारतीय राहदानीसहित हवाई उडानमार्फत नेपाल आई तेस्रो देश जाने भारतीय नागरिक बिनारोकटोक निर्धक्क नेपाल आउन सक्छ । उसलाई नो अब्जेक्सन लेटरको जरुरी पर्दैन,’ दूतावासले निकालेको सूचनामा भनिएको छ, ‘नेपालको विमानस्थलमा कुनै रोकटोक भए ९८५११०७०२१ मा सम्पर्क गर्नुहोला ।’

हेर्नुहाेस् सूचनाः

नेपालको विमानस्थल नेपालको कानुनको अधीनमा रही सञ्चालन हुनुपर्ने हो । तर यो सूचना हेर्दा लाग्छ, नेपालको विमानस्थल भारतको नियन्त्रणमा छ र उसले जे चाह्यो, त्यो हुन्छ ।

यस विषयमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालसँग जानकारी लिन खोज्दा उनले स्पष्ट जवाफ दिन सकिनन् । ‘हामीले त्यो कुरामा एटेन्सन दिएका छौं । जहाँसम्म त्यो कुरा स्टप भइसक्यो भन्ने सुनेको छु,’ लम्सालले भनिन्, ‘यस विषयमा अहिले नलेख्नुहोला, म हाम्रो स्रोतसँग बुझेर भन्छु ।’

मन्त्रीस्तरीय निर्णय भएकाे हाे, तर सबैका लागि हाेइन : अध्यागमन

यस विषयमा अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईसँग कुरा गर्दा उनले भारतकाे अनुराेधमा एनओसीबिना तेस्राे देश जान पाउने निर्णय भएकाे बताए ।

उनका अनुसार भारतीय राहदानीमा भारतीय अध्यागमनकाे छाप लागिसकेका नागरिककाे हकमा नाे अब्जेक्सन लेटर आवश्यक नपर्ने भनिएकाे हाे । अन्य कागजातमा भने एनओसी आवश्यक पर्ने उनले जानकारी दिए ।

भट्टराईका अनुसार परराष्ट्र मन्त्रीस्तरीय निर्णय गर्दै भारतीय नागरिकलाई याे छुट दिइएकाे हाे । तर याे समाचार तयार पार्दासम्म परराष्ट्र मन्त्रालय र अध्या‍गमन विभागकाे वेबसाइटमा यससम्बन्धी सूचना राखिएकाे छैन । मन्त्रीस्तरीय निर्णय साेही मन्त्रालयका प्रवक्तालाई नै जानकारी छैन ।

काेराेनाले नेपालमा पनि भयावह रूप लिइरहेकाे छ । यस्ताे अवस्थामा बाहिरी मुलुकबाट आउने नागरिकलाई पिसिआर परीक्षण र नाे अब्जेक्सन लेटर अनिवार्य गर्नुपर्ने हाे । यस्ताे संवेदनशील विषयमा निर्णय गर्दा हचुवाका भरमा गरिएकाे पाइएकाे छ ।

jackson ribon