birat ribon

महिनावारीमा गडबडी गराउने केही कारण

Neuro
महिनावारीमा गडबडी गराउने केही कारण

विराटनगर / महिनावरी एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । किशोरावस्थामा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्मका महिलाको योनीबाट नियमित समयको अन्तरालमा रक्तस्राव हुनुलाई महिनावारी भएको भनिन्छ ।

महिनावारीमा तीन दिनदेखि पाँच दिनसम्म रक्तस्राव हुन्छ । सामान्य अवस्थामा हरेक २८ दिनमा एक पटक रक्तस्राव हुने गर्छ । २८ दिनमा सात दिन ढिलो (३५ दिन) वा सात दिन छिटो (२१ दिन) महिनावारी हुनुलाई पनि असामान्य मानिँदैन ।

cura insider

तर २१ दिनभन्दा चाँडो वा ३५ दिनभन्दा ढिलो महिनावारीमा भएमा यसलाई महिनावारीमा गडबडी भएको मानिन्छ । सामान्यतः महिनावारी सुरु भएको र सुक्न लागेको केही वर्ष महिनावारीमा गडबडी हुन सक्छ । तर, कहिले एक महिनामा दुई पटक वा दुई, तीन महिनामा एकचोटी महिनावारी हुन्छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । महिनावारी हुँदा तल्लो पेट दुख्नुलाई पनि सामान्य मानिन्छ ।

तर दुखाई सहन नसकिने भएमा यसलाई पनि महिनावारीमा गडबडी भएको सङ्केतको रूपमा लिइन्छ । महिनावारीको समयमा नहुनुका साथ साथै महिनावारी भएको बेलामा अत्यन्त कम रक्तस्राव भएमा वा अत्यधिक धेरै रक्तस्राव हुनुलाई पनि महिनावारीमा गडबडी भएको मानिन्छ । महिनावारीमा गडबडी हुने धेरै कारण हुनसक्छन् । जुन हरेक महिलापिच्छे फरक हुन्छन् ।

पाठेघरमा सङ्क्रमण वा रोग लागेमा, पाठेघरमा वा पाठेघरको मुखमा क्यान्सर भएमा, इण्डोमेट्रियोसिस (पाठेघरको भित्तामा समस्या), भएका महिलामा महिनावारीमा गडबडी हुनसक्छ । त्यस्तै, वंशानुगत कारण, रगत नजम्ने समस्या, थाइरोइड हर्मोनमा गडबडी भएमा, पोलिसिस्टक ओभरियन सिन्ड्रोम (पिसिओएस) भएकामा, शरीरमा पोषण तत्वको कमी भएमा, शरीर असामान्य रूपले मोटो वा दुब्लो भएमा, गर्भनिरोधका साधन, महिनावारी अगाडि वा पर सार्ने औषधिको प्रयोग गरेमा, अत्याधिक तनाव भएमा पनि महिनावारीमा गडबडी हुनसक्छ ।

महिनावारीमा गडबडी भएमा के कारणले गडबडी भइरहेको छ भनेर पत्ता लगाउन डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ । रक्त परीक्षण तथा पाठेघरको जाँच गरेर महिनावारी गडबड हुनको कारण पत्ता लगाइ सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

jackson ribon