birat ribon

झापामा हावाहुरीबाट दुई करोडको क्षति

Neuro
झापामा हावाहुरीबाट दुई करोडको क्षति

झापा / लगातार आएको हावाहुरीका कारण झापामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ ।

कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका छ सय किसानले लगाएको एक सय ६९ हेक्टर जमिनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्‍याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

cura insider

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए ।

उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उनले हावाहुरीले करिब रु ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए ।

jackson ribon