birat ribon

नेपाल भर्सेस नेदरल्यान्ड्स : नेपाललाई घरेलु मैदानमा पहिलो टी–२० सिरिज जित्ने अवसर

Neuro
नेपाल भर्सेस नेदरल्यान्ड्स : नेपाललाई घरेलु मैदानमा पहिलो टी–२० सिरिज जित्ने अवसर

काठमाडौँ / काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । फाइनल खेल शनिबार दिउँसो १ः१५ कीर्तिपुरस्थित टियु क्रिकेट मैदान हुनेछ ।

नेपालले शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक सिरिजको फाइनलमा स्थान पक्का गरेको छ । नेदरल्यान्ड्स भने दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । समूह चरणमा चार खेलमध्ये एक खेलमा हार ब्यहोरेको नेपालले ५ अङ्क जोड्यो ।

cura insider

पहिलो खेलमा नेदरल्यान्डसलाई ९ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि ९ विकटेकै जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित गर्दै नेपाल एक खेलअगाडि नै फाइनलमा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले स्तब्ध बनाएको थियो ।

यता, नेदरल्यान्ड्स भने पहिलो खेलमा नेपालसँग स्तब्ध भएको थियो । दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । तेस्रो खेलमा नेपाललाई हराएको नेदरल्यान्ड्सले चौथो खेलमा मलेसियासँग बराबरी खेलेको थियो ।

अब, नेदरल्यान्ड्सविरुद्ध जित निकालेमा नेपालले पहिलो पटक घरेलु मैदानमा टी–२० सिरिज जित्नेछ । यसअघि नेपालले सन् २०१९ मा नेपाल भएको साग गेम्समा पहिलोपल्ट टी–२० सिरिज खेलेको थियो । तर त्यसबेला उपाधि बङ्गलादेशको यु–२३ टिमले जितेको थियो ।

यसैगरी, नेपालले सन् २०१९ मा युएईविरुद्धको तीन खेलको सिरिजको उपाधि जितेको थियो । यो नै नेपालले जितेको पहिलो टी–२० सिरिजको उपाधि हो ।

jackson ribon