birat ribon

ओली दम्भको वायुपङ्खी घोडामा चढेका कारण पार्टी एकता क्षीण हुँदै गयो : नेता नेपाल

Neuro
ओली दम्भको वायुपङ्खी घोडामा चढेका कारण पार्टी एकता क्षीण हुँदै गयो : नेता नेपाल

जनकपुरधाम / नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । एमालेको धनुषा जिल्ला कार्य समितिले शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको बताए ।

‘पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको छ । सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष ओली नै हुनुहुन्छ,’ उनले भने । उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।

cura insider

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको बताए ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दै उनले आफूहरूको मूल घर नेकपा ( एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भने ।

उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे ।

jackson ribon