birat ribon

मेस्सीको नयाँ कीर्तिमान

Neuro
मेस्सीको नयाँ कीर्तिमान

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सी युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा धेरै सिजन लगातार कम्तिमा २५ गोल गर्ने खेलाडी बनेका छन् । बिहीबार राति गेटाफेविरुद्ध दुई गोल गरेसँगै अर्जेन्टिनी स्टार मेस्सीले उक्त कीर्तिमान बनाएका हुन् ।

गए राति स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि शानदार जित निकालेको थियो । बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा गेटाफेलाई ५–२ गोलान्तरले हराउँदा कप्तान मेस्सीले दुई गोल गरे भने रोनाल्ड आरौजो र एन्टोइन ग्रिजम्यानले समान एक–एक गोल गरे । यस्तै एउटा आत्मघाती गोल बार्सिलोनाले उपहारमा पाएको थियो ।

cura insider

खेलको आठौँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । मेस्सीले ३३औँ मिनेटमा दोस्रो गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । सो पेनाल्टी प्रहार गरी ह्याट्रिक गर्ने अवसर भए पनि मेस्सीले ग्रिजम्यानलाई मौका दिएका थिए ।

गेटाफेविरुद्ध दुई गोल गरेका मेस्सी सन् २००९–१० को सिजनयता युरोपका शीर्ष पाँच लिगमा लगातार कम्तिमा २५ गोल गरेका छन् । उनले सो सिजन ३४ गोल गरेका थिए भने त्यसपछि क्रमशः ३१, ५०, ४६, २८, ४३, २६, ३७, ३४, २६ गोल गरेका छन् । जारी सिजन उनले २५ गोल गरेका छन् । अझै लिगमा सात खेल बाँकी नै रहेको अवस्था छ ।

युरोपका टप–५ लिगमा लगातार १२ सिजन कम्तिमा २५ गोल गर्ने खेलाडी मेस्सी एक्ला हुन् ।

Image

jackson ribon