birat ribon

धरहरा हेर्दै केपी ओलीले दम्भ देखाए : नेपाल

Neuro
धरहरा हेर्दै केपी ओलीले दम्भ देखाए : नेपाल

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा हेर्दै दम्भ देखाएको बताएका छन् । शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले दुई दिन चलेको बैठकमा प्रधानमन्त्री ओलीले दम्भ देखाएको बताएका हुन् ।

‘केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि छ’, नेपालले भने, ‘ हिजो धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भयो ।’ ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने बताए ।

cura insider

ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको उनले बताए ।

jackson ribon