birat ribon

भारतमा ‘ट्रिपल म्युटेसन’ भएको कोरोनाको नयाँ प्रकार पत्ता लाग्यो

Neuro
भारतमा ‘ट्रिपल म्युटेसन’ भएको कोरोनाको नयाँ प्रकार पत्ता लाग्यो

विराटनगर / भारतमा तीन पटक उत्परिवर्तित भएको (ट्रिपल म्युटेसन भएको) कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ । गत महिना मात्र पत्ता लागेको दुई पटक उत्परिवर्तित (डबल म्युटेसन) भएको कोरोना भाइरसको नयाँ प्रकारका कारण सङ्क्रमण बढिरहेको बेलामा, सार्स–कोभ २ को अर्को नयाँ प्रकार पश्चिम बङ्गालमा पत्ता लागेको हो ।

विज्ञहरूका अनुसार वैज्ञानिक रूपमा बी १.६१८ नाम दिएको उक्त नयाँ प्रकारको भेरियन्ट पश्चिम बङ्गालमा उल्लेखनीय रूपमा बढिरहेको छ ।

cura insider

उक्त भेरिएन्ट दिल्ली र महाराष्ट्रबाट आएका केही नमूनाहरूमा पनि पत्ता लागेको छ । ट्रिपल म्युन्टेन्ट भेरिएन्ट (बङ्गाल स्ट्रेन) अन्य भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ट्रिपल म्युन्टेन्ट भेरियन्ट तीन फरक कोभिड स्ट्रेनको संयोजन हो । यसमा भएको ई ४८४ के भेरियन्टले पहिला भाइरसबाट सङ्क्रमण भएको बेला उत्पादित एन्टिबडीहरूलाई हटाउन सक्ने क्षमता राख्छ ।

तीन पटक उत्परिवर्तित भएको भाइरसले रोगप्रतिरोधी प्रणालीलाई छल्न सक्ने हुँदा भाइरसविरुद्धको खोप पनि कम प्रभावकारी हुने देखिएको छ । वैज्ञानिकहरू अहिले एउटै भाइरसमा तीनवटा म्युटेसन भएमा यसले भाइरसलाई कत्तिको सङ्क्रमक बनाउँछ या खोपको प्रभावमा के कस्तो असर गर्छ भनेर थप अध्ययन गरिरहेका छन् ।

jackson ribon