birat ribon

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु

Neuro
बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु

नेपालगन्ज / बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार गए राति सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको जानकी गाउँपालिका–१ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे–३ का ५६ वर्षीया पुरुषको गएराति मृत्यु भएको हो ।

cura insider

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ भने बाहिरी जिल्लाका ९९ जनाको मृत्यु भएको छ ।

jackson ribon