birat ribon

इब्राहिमोभिकले सम्झौता थपे : ४० वर्षको उमेरसम्म मिलानबाटै खेल्ने

Neuro
इब्राहिमोभिकले सम्झौता थपे : ४० वर्षको उमेरसम्म मिलानबाटै खेल्ने

विराटनगर / ज्लाटन इब्राहिमोभिकले इटालियन क्लब एसी मिलानसँग सम्झौता थपेका छन् । बिहीबार सिरी ‘ए’ क्लब मिलानले स्वीडेनका स्टार इब्राहिमोभिकले थप एक वर्ष सम्झौता लम्ब्याएको जानकारी दिएको छ ।

अब उनी ४० वर्षको उमेरसम्म मिलानबाट खेल्नेछन् । उनले ३० जुन २०२२ सम्म मिलानसँग सम्झौता थपेका हुन् । उनी सन् २०१९ मा सुरुआतमा ६ महिनामा लागि भनेर मिलान आएका थिए । त्यसपछि फेरि ६ महिनाका सम्झौता थपेका उनले पुनः एक वर्ष इटालियन क्लब बस्ने मनसाय बनाएका हुन् ।

cura insider

मिलानमा फर्किएपछि पनि उनी राम्रो लयमा देखिएका छन् । उनले मिलानका लागि एक सय ३० खेल खेल्दा ८४ गोल र ३२ असिस्ट गरेका छन् । उनले सबैभन्दा धेरै पिएसजीबाट खेलेका छन् । फ्रान्समा एक सय ८० खेल खेलेका उनले ५६ गोल र ६० असिस्ट गरेका छन् ।

त्यसबाहेक उनले म्यानचेस्टर युनाइटेड, बार्सिलोना, युभेन्टस र इन्टर मिलानलगायत शीर्ष लिग खेल्ने टोलीबाट व्यवसायिक फुटबल खेलेका छन् ।

jackson ribon