birat ribon

बन्दुकले हानेर ताप्लेजुङमा एक जनाको हत्या

Neuro
बन्दुकले हानेर ताप्लेजुङमा एक जनाको हत्या

विराटनगर / ताप्लेजुङमा भरुवा बन्दुकले हानेर एक जनाको हत्या गरिएको छ ।

मेरिङदेन गाउँपालिका–२ जिदिमाका २९ वर्षीया प्रताप भनिने आकाश लिम्बूले भरुवा बन्दुकले हान्दा ५० वर्षीय खड्कबहादुर लिम्बूको ज्यान गएको हो । घरमै बसिरहेका बेला बिहीबारसाँझ ५ः३० बजेतिर बन्दुकले हानेर खड्कबहादुरको हत्या गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

cura insider

बन्दुकको छर्राले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्नलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा प्रयोग गरिएको बन्दुक भने घटनास्थलबाट लगभग ७० मिटरजति टाढा फेला परेको एसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार हत्याको कारण खुलिसकेको छैन । कुनै पुरानो रिसईबीले घटना गराइएको हुनसक्ने अनुमान गरिएको जानकारी श्रेष्ठले दिए । प्रहरीले घटनाका बारेमा गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon