birat ribon

भारतबाट हुने उडान कटौती गर्दै अष्ट्रेलिया

Neuro
भारतबाट हुने उडान कटौती गर्दै अष्ट्रेलिया

विराटनगर / कोरोना महामारीका कारण भारतबाट हुँदै आएको उडान अष्ट्रेलियाले कटौती गर्ने तयारी थालेको छ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा बढेपछि अष्ट्रेलियाले अस्थायी रूपमा उडानमा कटौती गर्ने निर्णय लिएको हो । बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

cura insider

सङ्क्रमणको उच्च जोखिम भएका देशका यात्रीले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्थासमेत गरिएको छ । अहिले लगाइएका विभिन्न प्रतिबन्ध महामारीको प्रभाव कम हुँदासम्म कायम रहने जनाइएको छ ।

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारत पछिल्लो समय दैनिक सङ्क्रमण पुष्टि हुने विश्वका मुलुकहरुको अग्रस्थानमा रहेको छ ।

jackson ribon