birat ribon

नयाँ दिल्लीका अस्पतालमा सकिए अक्सिजन, भारतमा चुनावी सभा र कार्यक्रममा रोक

Neuro
नयाँ दिल्लीका अस्पतालमा सकिए अक्सिजन, भारतमा चुनावी सभा र कार्यक्रममा रोक

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपमा बढिरहेको भारतमा चुनावी र्याली, सभा र विभिन्न कार्यक्रमहरुमा रोक लगाइएको छ ।

भारतको निर्वाचन आयोगले कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानले कोरोना फैलिएको ठहर गर्दै प्रतिबन्धात्मक कदम चालेको हो। भारतका विभिन्न राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछ। चुनावी अभियानका क्रममा कैयौँ पार्टी, उनीहरुका कार्यकर्ता र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको आयोगले जनाएको छ ।

cura insider

मुलुक सङ्क्रमणको कठोर मारमा परेको देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको समेत चर्को आलोचना भइरहेको बीबीसीले जनाएको छ । महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन्। अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन् ।

९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन्। अक्सिजन आपूर्ति प्रभावित हुँदा अवस्था झन् भयावह बनेर गएको छ । पछिल्लो समय भारत विश्वका अन्य मुलुकभन्दा दैनिक कोभिड सङ्क्रमण धेरै भइरहेको देश हो ।

भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ। यस्तो अवस्थाकाबीच आलोचना खेपिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान रद्द गरेको बताइएको छ।

jackson ribon