birat ribon

बाल सङ्गठनमा बुझाइएका ओखलढुङ्गाका बालक १५ वर्षदेखि बेपत्ता

Neuro
बाल सङ्गठनमा बुझाइएका ओखलढुङ्गाका बालक १५ वर्षदेखि बेपत्ता

विराटनगर / आफन्तले नेपाल बाल सङ्गठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता रहेको खुलेको छ ।

खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् । ओखलढुङ्गाको तत्कालीन बर्नालु गाविस– ५ (हाल सिद्धिचरण नगरपालिका– ५) स्थायी घर भएका पोकलप्रसाद दाहाल बाल सङ्गठनबाटै बेपत्ता भएका हुन् ।

cura insider

सङ्गठनले उनलाई एक भारतीयको जिम्मा लगाइएको बताए पनि ती व्यक्तिसँग बालकका आफन्तको सम्पर्क गराउन सकेको छैन । सङ्गठनका तत्कालीन कर्मचारीले २०६३ मा पोकलप्रसादलाई भारतको मुम्बई बस्ने धीरजकुमार कोछरको जिम्मा लगाएका थिए । प्रक्रिया नै पूरा नगरी बालक बुझाइएकाले अहिले आफन्तको सम्पर्क हुन नसकेको हो ।

‘०६३ सालदेखि नै भान्जा खोज्न पटक–पटक बाल संगठनमा आएको छु, तर विभिन्न बहाना गरेर सम्पर्क नै गर्न दिइएको छैन,’ पोकलप्रसादका मामा उमाकान्त दाहालले भने, ‘हामीलाई जानकारी नै नदिई कसरी विदेशी नागरिकलाई हाम्रो मान्छे बुझाइयो ?’

पोकलप्रसादलाई १५ जेठ २०६० सालमा बाल सङ्गठनमा भर्ना गरिएको थियो । बाल सङ्गठन टुहुरा बालबालिकाको संरक्षण र शिक्षा दिने सरकारी निकाय हो । सङ्गठनको १५ जेठ २०६३ को निर्णयअनुसार पोकलप्रसादलाई स्थानीय अभिभावकको रूपमा भारतीय नागरिक कोछरलाई १६ वर्षसम्मका लागि भनेर जिम्मा लगाइएको थियो । त्यतिवेला उनी पाँच वर्षका थिए । त्यसरी विदेशीलाई बच्चा दिन मिल्ने प्रावधान नभएकाले बच्चाको बिक्री गरिएको हुन सक्ने आशङ्का आफन्तले गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon