birat ribon

आआफ्नै अडानमा ओली र नेपाल

Neuro
आआफ्नै अडानमा ओली र नेपाल

विराटनगर / एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच बिहीबार भएको दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

होटेल मेरियटमा भएको छलफलमा दुवैले पुरानै तथा आआफ्नै प्रस्ताव र अडान कायम राखेपछि अघिल्लो दिन सकारात्मक रहेको भनिएको वार्तामा कुनै प्रगति हुन सकेन । बुधबारको वार्तामा जस्तै बिहीबार पनि नेता नेपालले पार्टी संरचनालाई माओवादीसँगको एकतापूर्वको अवस्था अर्थात् २ जेठ ०७५ मा फर्काउनुपर्ने प्रस्ताव राखे भने ओलीले उनको प्रस्तावलाई अस्वीकार गरे ।

cura insider

वार्तापछि नेता नेपालले ‘कुनै प्रगति नभएको’ जवाफ दिए । समस्या समाधानका लागि ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफ्ना गतिविधिबाट पछि पनि हट्न नचाहेको उनले बताए ।

एमाले विवादमा नेपाल पक्षको मुख्य सर्त सर्वोच्चले गरेको माओवादी केन्द्रसँगको एकता भङ्गको फैसलापछि २८ फागुनमा ओली पक्षले एकलौटी हिसाबले गरेका जिम्मेवारी हेरफेरका निर्णयहरूको खारेज हो । ओलीले २८ फागुनमा माओवादीबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीको जिम्मेवारी दिएका थिए भने त्यसपछि पार्टी पदाधिकारीको जिम्मेवारीबाट सबैलाई हटाएर अध्यक्ष र महासचिवलाई मात्रै कायम राखेका थिए । नेपाल पक्षले यही निर्णयलाई सच्याउनुपर्ने माग राख्दै समानान्तर गतिविधि गर्दै आएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon