birat ribon

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

Neuro
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

विराटनगर / झापाको मेचिनगर नगरपालिका–८ मेचे टोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ६० वर्षीया बाङ्ठु भनिने झुलु मेचेको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि बिहीबारराति ८ः२० बजेतिर बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

cura insider

दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय आयुष गिरी र पछाडि सवार १५ वर्षीय साइमान गिरीलगायत तीन जना घाइते भएका छन् । सामान्य अवस्थाका घाइतेहरुको उपचार भइरहेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक आयुषको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ ।

jackson ribon